शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री श्रेष्ठको दाबी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री श्रेष्ठको दाबी


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएकी छन् ।

सिंहदरवामा सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा राजनीति हस्तक्षेपमुक्त नभएसम्म शिक्षा क्षेत्रको सुधार नहुने भन्दै विद्यालय र उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताइन् ।

मन्त्री श्रेष्ठले विद्यालयमा शिक्षक वा कर्मचारी राजनीतिक दलको आबद्धता हुन नहुने कानून कार्यान्वयनका लागि पहल सुरु भइसकेको जानकारी दिइन् । उनले सामुदायिक शिक्षामा लगानीको कमिका कारण नभई अति राजनीतिकरणका कारण सन्तोषजनक नतिजा आउन नसकेको उल्लेख गरिन् ।

उनले समयमा नै पाठ्यपुस्तक पुराउने जिम्मा स्थानीय तह र विद्यालयको भएको बताइन् । शिक्षा क्षेत्रको बजेटले शिक्षा क्षेत्रको सुधार र शिक्षकहरूको आवश्यक पुरा गर्न नसकिने भएकाले आगामी बजेटमा शिक्षा क्षेत्रको बजेटको सिलिङ बढाउन पहल भइरहेको उनले बताइन् । मन्त्री श्रेष्ठले गुणस्तरमा ध्यान नदिए निःशुल्क शिक्षा मात्रै भनेर केही नहुने धारणा राखिन् ।

शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजनाका बारेमा समितिले शिक्षा मन्त्रीसँग जानकारी लिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस