अपराह्न चार बजेलाई सर्‍यो बागमती प्रदेश सभाको बैठक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अपराह्न चार बजेलाई सर्‍यो बागमती प्रदेश सभाको बैठक


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । बागमती प्रदेश सभाको बैठक दिउँसो ४ बजेलाई सारिएको छ । प्रदेश सभा सचिवालयले सूचना निकालेर बैठक सरेको जानकारी दिएको हो ।

यसअघि दिउसो १ बजेका लागि बैठक बोलाइएको थियो । आजको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिंदैछन् ।

११० सदस्यीय बागमती प्रदेशमा सरकार बनाउन ५६ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । एमाले २७, माओवादी २१, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टी (हानेपा)को २ गरी नयाँ गठबन्धनसँग ५७ मत छ ।

संघमा एमाले र माओवादीको नयाँ समीकरण बनेसँगै काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस