नेकपा एसलाई सुदूरपश्चिम प्रदेशको नेतृत्व दिने सहमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेकपा एसलाई सुदूरपश्चिम प्रदेशको नेतृत्व दिने सहमति


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने सहमति भएको छ । बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको छलफलमा सहमति जुटेको हो ।

नेकपा एसले एक प्रदेशको नेतृत्व, अन्य प्रदेशमा सहमतिअनुसार आलोपालोसहित सबै प्रदेशमा सम्मानजनक सहभागिता हुनुपर्ने अडान राखेको थियो । बालुवाटारमा तीन नेताहरुबीच अब आफूहरूले सुदुरपश्मि प्रदेश सरकारको नेतृत्व पाउने सहमति भएको एक नेताले बताए ।

सुदूरपश्चिममा अहिले काँग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । उनलाई समर्थन गर्ने विषयमा नागरिक उन्मुक्ति पार्टी विभाजित बनेको छ । त्यहाँ नयाँ समीकरण अनुसार सरकार बनाउने नाउपाले पनि मुख्यमन्त्रीकै शर्त राखिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस