अमेरिकामा एरिकाले जितिन् स्वर्ण र रजत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अमेरिकामा एरिकाले जितिन् स्वर्ण र रजत


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपालकी कराते खेलाडी एरिका गुरुङले युएस ओपन कराते च्याम्पियनसिपमा दुई पदक जितेकी छन्।

उनले टेक्सासमा भएको च्याम्पियनसिपमा यू-२१ को ६८ केजी तौल समूहमा स्वर्ण जितेकी हुन्। यस्तै मुख्य प्रतिस्पर्धामा उनले रजत पदक हात पारेकी छिन्।

एरिकाले यू-२१ को फाइनलमा क्यानडाकी खेलाडीलाई ९-० ले पराजित गरिन्।

यस्तै सिनियर इलिटको प्रतिस्पर्धामा भने एरिका फाइनलमा पराजित भइन्। उनले अमेरिकाकी खेलाडीसँग ३-२ को पराजय भोग्दा रजत जितिन्।

एरिका नेपालका लागि एसियाली खेलकुदमा करातेबाट रजत जित्ने खेलाडी हुन्। उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी थिइन्।

प्रतियोगिता भाग लिएका अर्का नेपाली खेलाडी विप्लवलाल श्रेष्ठ सेमिफाइनलमा रोकिए। प्रतियोगितामा भाग लिन एरिका र विप्लवसहित प्रशिक्षकद्वय कुशल श्रेष्ठ र दीपक श्रेष्ठ अमेरिका गएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस