सुनको मूल्य तोलामा १६ सयले बढ्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य तोलामा १६ सयले बढ्यो


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आइतबार छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस