चीनबाट फर्किएपछि परराष्ट्रमन्त्रीले भने-भ्रमण सफल भयो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चीनबाट फर्किएपछि परराष्ट्रमन्त्रीले भने-भ्रमण सफल भयो


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण सफल भएको बताए । नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए । उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गरे । आर्थिक विकासको विषयमा बुँदा बुँदामा छलफल भएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस