जीतपुर सिमरा गोल्डकप चैत २४ गतेदेखि « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जीतपुर सिमरा गोल्डकप चैत २४ गतेदेखि


१९ चैत्र २०८०, सोमबार


बारा । जगदम्बा स्टिल जीतपुर सिमरा गोल्डकपको १४औँ संस्करण यही चैत २४ गतेदेखि सुरु हुने भएको छ । बाराको सिमरामा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नवजनजागृति युवा क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो । 

सिमरा रङ्गशालामा सो प्रतियोगिता आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब, मच्छिन्द्र क्लब, एपिएफ क्लब, मकवानपुर–११ हेटौँडा, वीरगञ्ज युनाइटेड क्लब वीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृति युवा क्लब सहभागी हुने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । 

प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु २५ हजार तथा उदीयमान खेलाडीले रु १५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस