आयरल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल ‘ए’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आयरल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल ‘ए’


१७ चैत्र २०८०, शनिबार


काठमाडौँ । नेपाल ‘ए’ ले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्ती आजको खेलमा बेन्चमा छन् । स्पिन अलराउन्डर विपिन खत्री र पवन सरार्फ आज नेपालको प्लेइङ ११ मा छन् ।

नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ । 

पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९-३ ओभरमा २०१ रनमा अल आउट भएको थियो । अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि हारेको थियो ।

नेपालका लोकेश बलमे १०६ रनको शतकीय इनिङ र आरिफ शेखले ४९ रन बनाएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस