पोखरामा बस दुर्घटना, दुई जना घाइते  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पोखरामा बस दुर्घटना, दुई जना घाइते 


१७ चैत्र २०८०, शनिबार


काठमाडौँ । पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । उनका अनुसार बसमा यात्रु थिएनन्।

दुर्घटनाग्रस्त बस सडकमा उभिएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस