काँग्रेस सांसद गुरुङको पक्षमा सर्वोच्चको फैसला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेस सांसद गुरुङको पक्षमा सर्वोच्चको फैसला


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले सांसद टेकबहादुर गुरुङको पक्षमा निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ।

शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले ‘रिट जारी’ गर्ने फैसला गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ। 

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङलाई २०७९ पुस १२ गते निलम्बन गरेको थियो।

निलम्बन गरेपछि गुरुङले फागुन २१ गते रिट दायर गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस