आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’लाई दियो २२३ रनको लक्ष्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’लाई दियो २२३ रनको लक्ष्य


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो ।

आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले सर्वाधिक ४९ रन जोडे । रस अडेरले २, केड कारमाइकल र निल रकले समान ३८, स्टेफन डोहेनीले ३४ रनको योगदान दिए । ग्यारेथ डेल्नी ३० र ग्याभिन होए १८ रनमा अविजित रहे ।

बलिङमा नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । चोटका कारण एक वर्षपछि कमब्याक गरेका कमलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । सागर ढकाल र आरिफ शेखले एक-एक विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस