जथाभाबी बाँडिएका एसइई अनुगमन अनुमति पत्र रद्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जथाभाबी बाँडिएका एसइई अनुगमन अनुमति पत्र रद्द


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) अनुगमनका लागि जथाभाबी बाँडिएका अनुमति पत्र रद्द गरेको छ ।

प्रदेश परीक्षा तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक पदाधिकारी बाहेकको अनुगमन अनुमति पत्र बोर्डले रद्द गरेको हो ।

अनुगमनको नाममा आधिकारिक पदाधिकारी बाहेकका व्यक्ति परीक्षा केन्द्रहरूमा गएका कारण परीक्षार्थीहरूलाई असुविधा भएको बोर्डले जनाएको छ ।

अनुगमन अनुमति रद्द गरेका व्यक्तिको आवश्यकता परेमा पर्यवेक्षण मात्र गर्न लगाउने बोर्डले जनाएको छ ।

यसअघि प्रदेश परीक्षा तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिले एसइई अनुगमनका लागि विभिन्न व्यक्ति तथा संस्थाका पदाधिकारीहरूलाई अनुमति पत्र दिएका थिए ।

एसइईका परीक्षार्थीहरूलाई उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको बोर्डले जनाएको छ । मर्यादित रूपमा परीक्षा सञ्चालन गराउने व्यवस्था गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वयलाई बोर्डले अनुरोधसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस