प्रधानमन्त्री ‘प्रचण्ड’ र काँग्रेस सभापति देउवाबीच छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ र काँग्रेस सभापति देउवाबीच छलफल


१५ चैत्र २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । 

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस