नेपालबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार बोआओ फोरममा सहभागी हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार बोआओ फोरममा सहभागी हुने


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले नेपालका तर्फबाट बोआओ फोरम फर एसियामा सहभागिता जनाउने भएका छन् ।

मंगलबारदेखि चीनको हाइनान प्रान्तमा ‘एसिया र विश्व : संयुक्त चुनौती र साझा कर्तव्य’ नारा दिएर सुरु भएको बोआओ फोरम ४ दिनसम्म चल्नेछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार १३ देखि १६ चैतसम्म चल्ने उक्त फोरममा सहभागिता जनाउन सापकोटा मंगलबार राति त्यसतर्फ गएका प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।

अघिल्लो वर्ष निम्तो पठाउँदा पनि प्रधानमन्त्री ‘प्रचण्ड’ सहभागी भएका थिएनन् । यसपटक चीनले नेपाललाई बोआओ फोरममा निम्तो समेत गरेको छैन । बरु यही बेलामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनकै बेइजिङलगायत क्षेत्रमा ९ दिन लामो भ्रमणमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस