माओवादी पदाधिकारीको बैठक बालुवाटारमा जारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादी पदाधिकारीको बैठक बालुवाटारमा जारी 


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । 

वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न केहीबेर अघि बैठक सुरु भएको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ ।

यहीबीचमा माओवादी केन्द्रले पनि पदाधिकारी बैठकमार्फत आफ्नै उम्मेद्वार टुङ्ग्याउने तयारी गरेको आकंलन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस