इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा


१४ चैत्र २०८०, बुधबार


धरान ।  इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाइनल खेलमा र न्युरोड टिम (एनआरटी)लाई २-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको गोल्डकपको मङ्गलबार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा चर्च ब्वाइजका अबायोमी फकुन्ले र सुरज ठकुरीले गोल गरेर आफ्नो टोलीलाई जिताएका हुन् ।  

एनआरटीका अफिज ओलावालेले एक गोल फर्काएर आफ्नो समूहको साख जोगाएका थिए । 

खेलको ३७ औ मिनेटमा अबयोमीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने पहिलो हाफमा १-० को अग्रता लिएको चर्च ब्वाइजमाथि एनआरटीका ओलावाले खेलको ८२ औँ मिनेटमा गोल फर्काउन सफल भएका थिए ।

मङ्गलबारको खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका ठकुरी घोषित भए । उनले नगद रु १० हजार र ट्रफी प्राप्त गरेका छन् । आज त्रिभुवन आर्मी र सगरमाथा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस