आफूमाथिका नेताहरुविरुद्ध तथानाम स्ट्याटस लेखे कारबाही गर्ने ओलीको चेतावनी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आफूमाथिका नेताहरुविरुद्ध तथानाम स्ट्याटस लेखे कारबाही गर्ने ओलीको चेतावनी


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूभन्दा माथिका नेताहरूलाई अपमान गर्ने गरी स्ट्याटस नलेख्न निर्देशन दिएका छन् ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका नेता/कार्यकर्ताहरूले आफू भन्दा माथिका नेताहरूलाई लक्षित गरी तथानाम स्ट्याटस लेखेको भन्दै गलत स्ट्याटसहरू कारबाहीको दायरामा आउने चेतावनी दिएका हुन् । 

उनले जथाभाबी रूपमा पार्टीका आन्तरिक कुराहरू र नेताहरूलाई विपक्ष बनाएर स्ट्याटस नलेख्न सचेत गराए । उनले कुनै विमति भए पार्टी भित्रका कमिटीमा छलफल गर्न सकिने बताए । उनले आफूले लेखेको स्ट्याटसको जिम्मेवारी लिन सक्ने गरी मात्रै स्ट्याटस लेख्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस