बाँदर नियन्त्रण गर्ने कानून बनाइदिन आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाँदर नियन्त्रण गर्ने कानून बनाइदिन आग्रह


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलाई पर्वतका स्थानीयबासीले बाँदर नियन्त्रण गर्ने कानून बनाइदिन आग्रह गरेका छन् ।

मतदातासँग जनसंवाद कार्यक्रम सञ्चालनका लागि पर्वतको महाशिला पुगेका मन्त्री गिरीलाई स्थानीयले बाँदर नियन्त्रण गर्ने कानून बनाइदिन आग्रह गरेका हुन् ।

बाँदर आतङ्कका कारण गाउँबस्ती विस्थापित भएको भन्दै स्थानीयबासीहरुले बाँदर नियन्त्रणका लागि आग्रह गरे ।

महाशिला गाउँपालिकाका पूर्व अध्यक्ष राजु पौडेलले आफू गाउँपालिका अध्यक्ष हुँदा बाँदर समातेर निकुञ्ज पठाउन खोज्दा समेत अवरोध भएकाले तत्काल कानुन बनाएर दिगो समाधान खोज्न आग्रह गरे । अधिकांश घरहरू बाँदरकै कारण छाड्नु परेको र खेतबारी गर्ने जग्गा केही वर्षमा पूर्ण रूपमा बाँझो हुँदा देशमा समेत समस्या हुने तर्क गरे ।

स्थानीय जीवन उच्चै ठकुरीका अनुसार अहिले जहाँ गए पनि एउटै गुनासो आउने गरेको र त्यो गुनासो बाँदरले हैरानी दियो भन्ने नै रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस