काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम र त्यसका उत्तरदायी प्रमुख युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
युरोपेली युनियन (ईयू) को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका कैफियत हटाउन निगमले के कस्तो काम गरिरहेको छ भन्नेबारे स्पष्टीकरण सोधिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
निगमका तीन विभागमा रिक्त जनशक्ति नियुक्त नभएको, जहाजहरू लामो समय ‘ग्राउन्डेड’ हुने गरेको र उडान सुरक्षामा देखिएका कमजोरीलाई स्पष्टीकरणमा समावेश गरिएको छ ।