शंकर पोखरेलले भने-पार्टीमा पटके निर्णय गर्ने प्रवृत्ति बढ्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शंकर पोखरेलले भने-पार्टीमा पटके निर्णय गर्ने प्रवृत्ति बढ्यो


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा पटके निर्णय गर्ने प्रवृत्ति बढेको बताएका छन् । मंगलबार एमाले बागमती प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

कतिपय प्रदेश र जिल्ला कमिटीहरू पार्टी केन्द्रले तर्जुमा गरेको ११ बुँदे कार्य योजनाअनुसार काम नगरेको पनि बताएका छन् । उनले कार्य योजना नबनाई पटके निर्णय गरेर काम गर्ने गरेको पाइएको भन्दै यसले कमिटीहरू निष्क्रिय हुँदै जाने खतरा रहेको बताए ।

पोखरेलले केन्द्रको कार्य योजनाको जगमा प्रदेशको कार्य योजना, प्रदेशको कार्य योजनाअनुसार जिल्ला र जिल्ला र

‘सबै तहका कमिटीहरू त्यही वार्षिक कार्य योजनाको दिशाअन्तर्गत परिचालित हुनपर्दछ भन्ने निर्देशन गर्‍यौँ’, महासचिव पोखरेलले भने, ‘तर अस्ति केन्द्रीय कमिटीको बैठकमा समीक्षा हुँदा प्रदेशले अधिवेशनको तयारी गर्ने भन्ने नाममा कार्य योजना नै बनाएन । कतिपय प्रदेशले कार्य विभाजन पनि गरेनन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस