नेपालमा जलविद्युत उत्पादनका लागि सहकार्य गर्न मौरिसस तयार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालमा जलविद्युत उत्पादनका लागि सहकार्य गर्न मौरिसस तयार


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की र नेपालका लागि मौरिससका (गैरआवासीय) राजदूत हेमन्दोयल डिल्लमबीच काठमाडौँमा भेटवार्ता भएको छ ।

मंगलबार इप्पानको कार्यालयमा अध्यक्ष कार्की र मौरिससका राजदूत डिल्लमबीच नेपालको जलविद्युत उत्पादन र लगानीका विषयमा कुराकानी समेत भएको छ ।

भेटमा मौरिससका राजतदुत डिल्लीले नेपालसँग आफूहरूको सांस्कृतिक हिसाबमा राम्रो सम्बन्ध रहेको बताए । उनले नेपाल र भारतबीच आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले गहिरो सम्बन्ध रहेको बताए ।

उनले नेपालमा पर्यटकीय सम्भावना राम्रो रहेको भन्दै लुम्बिनी र पोखरामा धेरै पर्यटकीय सम्भावना रहेको बताए । राजतदुत डिल्लीले नेपाल जलविद्युतमा राम्रो सम्भावना भएको देश भएकाले जलविद्युत उत्पादनमा जोड दिँदा अन्य सम्भावना बढ्दै जाने उल्लेख गरे । उनले विद्युत् उत्पादन गरी भारत लगायत अन्य देशमा बेच्न सक्ने सम्भावना रहेको बताए ।

उनले नेपालमा जलविद्युत नै सबैभन्दा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले जलविद्युत उत्पादनमा जोड दिन आवश्यक रहेको धारणा राखे । उनले विश्वका अन्य देशबाट समेत जलविद्युतमा लगानी ल्याउन सक्ने सम्भावना रहेको उल्लेख गरे । मौरिससका राजतदुत डिल्लीले जलविद्युत नेपालमा मात्रै नभएर विश्वमा नै धेरै महत्त्वपूर्ण रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस