सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने प्रदीप पौडेलको दाबी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने प्रदीप पौडेलको दाबी


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने दाबी गरेका छन् । काँग्रेसका लागि सत्ता र सरकार प्रमुख विषय नभएको पनि उनले बताए ।

मंगलबार राजधानी काठमाडौँमा नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले देशले काँग्रेसलाई आफैँ सत्तामा पुर्‍याउने उल्लेख गरे ।

“काँग्रेसलाई सत्ता प्रमुख हैन पर्खेर बसौँ काँग्रेसलाई यो देशले आफैँ सत्तामा पुर्‍याउँछ । अहिलेको यो गठबन्धन चिरञ्जीवी हुँदैन । उनीहरू आफैँ झगडा गरेर समाप्त हुनेछन्,” उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस