ललितपुर घटनाका पाँच जना आरोपीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ललितपुर घटनाका पाँच जना आरोपीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिने


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न भएका मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो ।

प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौँ गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति हुन् ।

घटनाको अनुसन्धानका लागि थप अरू ८ व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस