गृहमन्त्री लामिछाने र इजरायली राजदूत गोदरबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गृहमन्त्री लामिछाने र इजरायली राजदूत गोदरबीच भेटवार्ता


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच भेटवार्ता भएको छ । लामिछानेलाई भेट्न राजदूत गोदर सोमबार गृह मन्त्रालय पुगेका थिए ।

गृहमन्त्रीको सचिवालयका अनुसार इजरायलमा रहेका नेपाली नागरिक, हमासले नियन्त्रणमा लिएका विपिन जोशीलगायतका विषयसँगै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

गृहमन्त्री लामिछाने र राजदूत गोदरबीच नेपाल र इजरायलबीच कुन-कुन क्षेत्रमा सहकार्य हुनसक्छ भन्नेबारे पनि छलफल भएको थियो । कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, नेपाल र इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको बताइएको छ ।

राजदूत गोदरले विपिन जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको भन्दै उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहतस्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी उपप्रधानमन्त्री लामिछानेलाई दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस