तत्कालीन जिल्ला शिक्षा अधिकारी दोषी ठहर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तत्कालीन जिल्ला शिक्षा अधिकारी दोषी ठहर


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । धनुषाकी निलककुमारी यादवलाई एक वर्ष कैदसहित ५० हजार जरिबाना हुने फैसला भएको छ ।

नक्कली नियुक्ति पत्र खडा गरी शिक्षकको जागिर खाएको आरोप लागेकी यादवलाई विशेष अदालतले दोषी ठहर गर्दै जरिवाना र सजाय सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले यादवले गलत लिखत तयार पारी सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको ठहर गरी कैद र जरिबानाको फैसला सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । यादवले ०७१ सालमा भानु उच्च माविको नक्कली नियुक्ति पत्र बनाई जिल्ला शिक्षा कार्यालयमा पेस गरेकी थिइन् ।

त्यही नियुक्ति पत्रका आधारमा जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले उनलाई नियुक्ति र पदस्थापन लगत्तै मण्डलले यादवलाई रामजानकी प्राविमा पदस्थापन गरिदिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनालाई प्रतिवादी बनाउँदै गत असोज २ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नियुक्ति दिने मण्डललाई तीन महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस