इलाम-२ को ‘रियल ग्राउन्ड’ बुझ्न खटिए विश्वप्रकाश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इलाम-२ को ‘रियल ग्राउन्ड’ बुझ्न खटिए विश्वप्रकाश


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस इलाम-२ को उपनिर्वाचनमा होमिएको छ। क्षेत्र, जिल्ला प्रदेश तीनै तहबाट सिफारिस भएर आइसकेपछि उम्मेदवार तोक्नुअघि रियल ग्राउन्ड बुझ्नका लागि नेताहरू खटिएका छन्।

इलाम-२ मा काँग्रेसबाट ७ जनाको नाम सिफारिस भएर आएका छन्। क्षेत्र र जिल्ला कमिटीले पठाएको नामलाई प्रदेश कमिटीले केन्द्रलाई पठाएको हो।

काँग्रेसबाट महासमिति सदस्य भेषराज आचार्य, पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छन्।

प्रदेश कमिटीबाट नाम आइसकेकाले अब संसदीय बोर्डको बैठक बसेर उम्मेदवार टुङ्ग्याउने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

जित सुनिश्चित गर्नका लागि रियल ग्राउन्डबाट आएको व्यक्तिलाई नै पार्टीले टिकट दिने उनको भनाइ छ। उनका अनुसार इलाम २ को जनभावना बुझ्नका लागि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री आङ्दाम्बे खटिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस