डोटीमा माटो खन्ने क्रममा च्यापिएर थप एक महिलाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीमा माटो खन्ने क्रममा च्यापिएर थप एक महिलाको मृत्यु


११ चैत्र २०८०, आइतबार


डोटी । डोटीमा माटो खन्ने क्रममा थप एक महिलाको मृत्यु भएको छ । 

शनिवार माटो खन्ने क्रममा च्यापिएर एक महिलाको ज्यान गएको घटना सेलाउन नपाउँदै आइतबार थप एक अर्की महिलाको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कुचेडाकी ६० वर्षीय गाभादेवी ओझाको माटो खन्ने क्रममा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए । उनीसँग माटो खन्ने क्रममा पुरिएकी सोही गाउँकी ५० बर्सिया पार्वती खड्काको भने उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले बताए । 

अहिले उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । शनिवार मात्रै माटो खन्ने क्रममा शिखर नगरपालिका-९ की २१ बर्सिया निर्मला रोस्याराको मृत्यु भएको थियो । रोस्यारासँगै माटो खन्न गएका अन्य तिन जना महिलाको भने उद्धार गरिएको थियो । नयाँ वर्ष नजिकिएसँगै घर पोत्नका लागि रातो माटो तथा कमेरो माटो खन्ने क्रम बढीरहदाँ यस्ता घटनाहरू घट्न थालेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस