गल्ती गर्ने कसैलाई पनि नछोड्ने गृहमन्त्री लामिछानेको दाबी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गल्ती गर्ने कसैलाई पनि नछोड्ने गृहमन्त्री लामिछानेको दाबी 


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गल्ती गर्ने कसैलाई पनि सरकारले नजोगाउने बताएका छन् ।

होलीको अवसरमा चितवनमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँधमा बोक्नु छैन । त्यसैले गल्ती गर्ने कसैलाई छोड्नेवाला छैनौँ, कसैलाई जोगाउन लाग्नेवाला छैनौँ ।’

रास्वपाका सभापतिसमेत रहेका लामिछानेले चुनावमा जनता समक्ष गरेका वाचा र उठाएका मुद्दा नबिर्सिएको पनि बताएका छन् । ‘हिजो जे वाचा गरेर भोट मागेका थियौँ, एक-एक बुँदा याद गरेर बसेका छौँ,’ लामिछानेले भने, ‘त्यही वाचा सम्झेर काम गर्न र जनताको गुण तिर्न सरकारमा गएका हौँ ।’

लामिछानेले फाइलमा केहीको नाम आएपछि रोकिएको सुनकाण्ड पुनः ब्युँताएको बताए । गृहमन्त्री लामिछानेले सरकारमा गएको छोटो समयमा केही परिणाम दिएको दाबीसमेत गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस