हाजिर जमानीमा रिहा भए कमेडी च्याम्पियनका निर्देशक भण्डारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हाजिर जमानीमा रिहा भए कमेडी च्याम्पियनका निर्देशक भण्डारी


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन् ।

शनिबार साँझ घाइतेका परिवारसँग कागज गराएपछि भण्डारी हिरासतमुक्त भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

कारमा सवार कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आइसियुमै रहेको बताइएको छ ।

बिहीबार निर्देशक भण्डारीले चलाएको बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरू नगरकोटबाट फर्किँदै गर्दा दुर्घटना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस