एमाले सचिवालय बैठक जारी « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

एमाले सचिवालय बैठक जारी


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयको बैठक सुरु भएको हो।

राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

यसका अतिरिक्त सातौँ केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन) का रूपमा पठाउन पनि बैठक बस्न लागेको एमालेले बताएको छ।

इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ। त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन्। इलाम-२ का लागि ६ जनाको नाम सिफारिस भएको छ। बझाङ-१ मा तीन जनाको नाम सिफारिस भएको छ।

तीन नामहरूबारे आज छलफल हुने एमालेले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस