प्रधानमन्त्री ‘प्रचण्ड’को यस्तै सहयोग रहे धेरै काम हुन्छ : गृहमन्त्री लामिछाने  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’को यस्तै सहयोग रहे धेरै काम हुन्छ : गृहमन्त्री लामिछाने 


१० चैत्र २०८०, शनिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिएमा धेरै काम हुने बताएका छन् ।

काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गरे । उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने स्पष्ट पारे । उनले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी गराए । 

थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम-२ को उपनिर्वाचन आफ्नो पार्टीले जित्ने दाबी गर्दै गृहमन्त्री लामिछानेले सरकारमा बसेर अनैतिक काम नगर्ने पनि स्पष्ट पारे । भ्रष्टाचारको सन्दर्भ उप्काउँदै उनले भने, “कतिपय माछा चिप्ला हुन्छन्, बाठा हुन्छन् । तिनीहरू फुत्किन खोज्छन् तर, तिनलाई होसियारीपूर्वक समाइन्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस