तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते 


१० चैत्र २०८०, शनिबार


काठमाडौँ । तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते भएका छन् । म्याग्दे ६ शेराटारमा काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नम्बरको बस पल्टिएको हो । 

बसमा २६ जना यात्रु सवार थिए । घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौछायो लि छन् ।

उनीहरूको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस