पीसीएल र नर्सिङ कार्यक्रम एकै संस्थामा सञ्चालन गर्ने बाटो खुला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पीसीएल र नर्सिङ कार्यक्रम एकै संस्थामा सञ्चालन गर्ने बाटो खुला


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा सञ्चालन गर्ने बाटो खुला भएको छ ।

चिकित्सा शिक्षा आयोगको शुक्रबार बसको बैठकले एउटै संस्थाबाट उक्त कार्यक्रम सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको हो ।

नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमा नर्सिङको प्रमाणपत्र तह र स्नातक तहको अध्यापन र प्रयोगात्मक अभ्यास एउटै संस्था÷अस्पतालमा सञ्चालन गर्न सकिने सुझावलाई क्रमशः कार्यान्वयनमा लैजाने आयोगले जनाएको छ । 

तीन वर्षअघिसम्म नेपालका मेडिकल कलेजहरूले मा प्रवीणता प्रमाणपत्र तह (पीसीएल) र त्योभन्दा माथिल्लो तह स्नातक र स्नातकोत्तर तहमा समेत नर्सिङ कार्यक्रममा पठनपाठन गर्दै आइरहेका थिए ।

तर २०७८ मंसिरदेखि चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार पीसीएल कार्यक्रम सञ्चालनमा रोक लगाएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस