सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिरी जमानीमा छाड्ने तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिरी जमानीमा छाड्ने तयारी


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख महरालाई कमजोर स्वास्थ्यका कारण छाड्न लागिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाड्न लागिएको हो । उक्त प्रकरणमा महरामाथि छानबिन भने जारी रहने छ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस