पूर्वअर्थमन्त्री जीवन आचार्य जनताको घरदैलो पुग्ने अभियानमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वअर्थमन्त्री जीवन आचार्य जनताको घरदैलो पुग्ने अभियानमा


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वअर्थमन्त्री जीवन आचार्यले मतदाता तथा जनताको घर र टोल-टोलमा पुगेर भेटघाट गर्ने क्रम बढाएका छन् ।

आचार्य बुधबार दिउँसो राहतसहित मोरङको रंगेली सन्थालका अग्नि पीडितको बस्तीमा पुगेका छन् । राहत सामग्रीसहित आगलागीबाट क्षति पुगेको सन्थाल, सतार र मुसहर समुदायको वस्तिमा पुगेका आचार्यले कर्मचारी तथा समाजसेवीहरूको उपस्थितिमा आगजनी पीडितलाई राहत वितरण गरेका छन् ।

विभिन्न व्यक्ति तथा संघ संस्थाहरूको सहयोगमा भएको राहत वितरण कार्यक्रममा आचार्यले सन्थाल बस्तीका आगजनी पीडितलाई राहत वितरण गरेका थिए ।

सो राहत वितरण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की, सशस्त्र प्रहरी मोरङका एसपी, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, पवन शारडा, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल लगायत पूर्व माननीयहरू, पत्रकार र नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो ।

चैत ४ गते मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस