नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको दूतमा उपासना नियुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको दूतमा उपासना नियुक्त


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औँ संस्करण सुरु भएको छ । बुधबारदेखि सुरु महोत्सव शनिबारसम्म सीटीसी मलस्थित सिने द सेफ हलमा चल्नेछ ।

ओपनिङ फिल्मको रूपमा ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा मनोनीत आइरिस फिल्म ‘द बन्सिस अफ इनिसेरिन’ थियो । यो संस्करणमा ९ युरोपेली कथानक र ११ नेपाली छोटा फिल्म प्रदर्शन हुनेछन् ।

सो अवसरमा अभिनेत्री उपासना सिंह ठकुरीलाई महोत्सवको दूतको रूपमा नियुक्त गरिएको छ ।

समारोहमा युरोपेली कूटनीतिज्ञ, फिल्ममेकर लगायतको सहभागिता थियो । महोत्सव अप्रिल १० र ११ गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुनेछ । सुदूरपश्चिम विश्वविद्यालयको हलमा फिल्म स्क्रिनिङ हुनेछन् । नेपालगञ्जमा अप्रिलमा १५ फिल्म स्क्रिनिङ हुनेछन् । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा १९ र २० अप्रिलमा महोत्सव हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस