बिदा वा काजमा रहँदा बैठकमा नबस्न र भत्ता नलिन कर्मचारीलाई निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बिदा वा काजमा रहँदा बैठकमा नबस्न र भत्ता नलिन कर्मचारीलाई निर्देशन


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिदा वा काजमा रहँदा बैठकमा नबस्न र भत्ता नलिन कर्मचारीलाई निर्देशन दिएको छ ।

सार्वजनिक निकायका कर्मचारीलाई बिदा वा काजमा रहेको बेला निर्णय प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको हो ।

बिदा वा काजमा रहँदा बैठकमा सहभागी हुनु कानुनको बर्खिलाप हुने मन्त्रालयको भनाई छ । साथै कार्यालय समयभन्दा बाहिर बैठक बसी भत्ता नलिन पनि मन्त्रालयको आदेश छ ।

अर्थ मन्त्रालयद्वारा जारी कार्यसञ्चालन निर्देशिका २०७७ मा एउटै निकायअन्तर्गतको कर्मचारीबीच बसेको बैठकमा भत्ता उपलब्ध नगराउने व्यवस्था गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस