शिक्षा समिति सभापति थापाले लिए शपथ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शिक्षा समिति सभापति थापाले लिए शपथ


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बुधवार समितिको सभापतिमा निर्विरोध निर्वाचित भएसँगै उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

संसद भवनस्थित ल्होत्से हलमा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समितिमा आउने महत्त्वपूर्ण कामलाई प्राथमिकताका साथ अघि बढाउने जनाए।

थापाले देश निर्माणमा शिक्षा महत्त्वपूर्ण हुने भन्दै शिक्षालाई सुधार गर्दै अघि बढ्ने उल्लेख गरे। सभापति थापाले अब शिक्षा क्षेत्रलाई अघि बढाउने उद्देश्य र योजनाअनुरूप अघि बढ्ने उल्लेख गरे।

शिक्षा र स्वास्थ्यका लागि नागरिकलाई सहज हुने गरी काम गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेरै छोड्ने उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस