राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक चैत १५ गते बस्ने  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक चैत १५ गते बस्ने 


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार अर्को बैठक यही चैत १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रिबजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।

साथै, राष्ट्रिय सभाले अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको छ ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सात जना सांसदको नाम मनोनयन गरेको छ । मनोनयन हुने सदस्यहरूमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की ९अछामी०, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस