ताप्लेजुङमा आगलागीबाट दुई घर जलेर नष्ट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ताप्लेजुङमा आगलागीबाट दुई घर जलेर नष्ट


७ चैत्र २०८०, बुधबार


आगलागी

ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबार आगलागी हुँदा दुई वटा घर जलेका छन् ।  मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु. १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

दुवै घरमा रहेको नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस