धरौटीमा रिहा भए शालीन मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धरौटीमा रिहा भए शालीन मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना 


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । चितवनको रत्नगर नगरपालिका-१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेल प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् ।

शालीनको मृत्यु भएपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा रिहा भएका हुन् ।

चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतले प्रधानाध्यापक देवकोटालाई ३ लाख र सहप्रधानाध्यापक अधिकारी र होस्टल वार्डेन शर्मालाई जनही ५–५ लाख धरौटी बुझाउन आदेश दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस