जलवायु परिवर्तनका विषयमा सगरमाथा संवाद गर्ने सरकारको तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जलवायु परिवर्तनका विषयमा सगरमाथा संवाद गर्ने सरकारको तयारी


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सरकारले जलवायु परिवर्तनका विषयमा सगरमाथा संवाद गर्ने भएको छ ।

मंगलबार सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्पमा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरिएको हो ।

जलवायु संकटले अल्पविकसित तथा हिमाली देशहरूमा उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउन, सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माणको पहल गर्न र जलवायु वित्त परिचालनका लागि संवाद गर्न लागिएको सरकारले जनाएको छ ।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातीको भविष्य’ विषयमा सगरमाथा संवाद आयोजना गर्ने घोषणामा उल्लेख छ ।

गठबन्धनको संकल्पमा चुरेको संरक्षणमा जोड दिँदै ‘वातावरण नबिग्रिने, विकास पनि नरोकिने’ विधि अपनाउने पनि घोषणा गरिएको छ । ‘जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्ने, वातावरणको सुरक्षा गर्ने र हरित अर्थतन्त्रको विकास गर्ने’ संकल्पमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस