भन्सारलाई उद्योग-व्यापार प्रवर्धनको केन्द्र बनाऔँ : डा. स्वर्णिम वाग्ले « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भन्सारलाई उद्योग-व्यापार प्रवर्धनको केन्द्र बनाऔँ : डा. स्वर्णिम वाग्ले


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सांसद डा. स्वर्णिम वाग्लेले भन्सारलाई राजस्व संकलनको केन्द्र होइन, उद्योग व्यापार प्रवर्धन गर्ने थलो बनाउनुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभामा भन्सार विधेयकका विषयमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

‘कस्ता स्वदेशी उद्योगको प्रवर्धन गर्ने र कस्ता विदेशी वस्तुको आयातलाई नियमन र नियन्त्रण गर्ने भन्ने विषय फरक फरक हुन्,’ उनले भने, ‘राजस्व संकलन केन्द्रका रूपमा रहेको भन्सारको मान्यतामा परिवर्तन आवश्यक छ ।’

नेपालले विश्वसमुदायमा गरेको प्रतिबद्धताअनुरूप यो भन्सार ऐन पहिल्यै आउनुपर्नेमा अहिले बल्ल आएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस