शिक्षा समितिको सभापतिका लागि थापाले गराए उम्मेदवारी दर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शिक्षा समितिको सभापतिका लागि थापाले गराए उम्मेदवारी दर्ता


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । मङ्गलबार संसद् भवनमा नेकपा एकीकृत समाजवादीका सांसद थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा (एकीकृत समाजवादी) बाटै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी थिए । जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो । रिक्त पदमा एकीकृत समाजवादीकै सांसद थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस