गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन सम्भव छैन : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन सम्भव छैन : ओली


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सम्भव नभएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसले लामिछानेको राजीनामा माग्दै समिति गठन गर्न माग गरेको छ । त्यसको जवाफमा ओलीले भने, ’गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन सम्भव छैन ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा उठेका प्रश्नको जवाफ दिँदै लामिछाने सहकारी ठगीमा जोडिएको प्रमाण नभएको बताएका थिए । तर, लगत्तै बोलेका काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि पर्याप्त प्रमाण भएकाले छानबिन गर्न समिति गठन गर्न माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस