गोली हानेर दुई भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोली हानेर दुई भारतीय नागरिक पक्राउ


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सर्लाही प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । मोस्टवान्टेड सूचीमा रहेका भारत मोतिहारी घर भएका २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार सिंहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको सूचनाको आधारमा बरहथवाबाट पक्राउ गरेर जिल्ला लैजानेक्रममा जितेन्द्रले प्रहरीमाथि गोली चलाएर भाग्न खोजेका थिए । त्यसपछि उनीहरुबिरुद्ध जवाफी कारबाहीस्वरुप खुट्टामा गोली हानेर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

गोली लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । उनका दुवै खुट्टामा गोली लागेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार भारतमा उनीहरू कयौं हत्या, डाँका लगायत अपराध कर्ममा संलग्न छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस