आज पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो मधेस प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली, मधेस प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रहने र  बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस