सुदूरपश्चिमलाई पर्यटनबाट समृद्ध बनाउन सकिन्छ : मुख्यमन्त्री शाह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिमलाई पर्यटनबाट समृद्ध बनाउन सकिन्छ : मुख्यमन्त्री शाह


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई पर्यटनबाट समृद्ध बनाउन सकिने बताएका छन् ।

कैलालीको धनगढीमा सोमबार वेद उप्रेतीको ‘दुर्गम विस्मयलोक/भू-स्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमोचन तथा चर्चा गर्दै उनले सुदूरपश्चिमलाई पर्यटनको क्षेत्रबाट अगाडि बढाउन सरकार लागिरहेको समेत बताए ।

उनले सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आवश्यक रहेको जिकिर गरे । ‘हामीले पर्यटन क्षेत्रमा जति गर्न सक्नुपर्ने थियो त्यति गर्न सकेका छैनौँ ’ उनले भने  ।

पुस्तकले सुदूरपश्चिमलाई चिनाउने प्रयास गरेको मुख्यमन्त्री शाहको भनाइ थियो । उनले पुस्तका रहेको कल्पनालाई यथार्थमा बदल्न आवश्यक रहेको समेत बताएका थिए ।

‘धार्मिक पर्यटनको विकास जोड्न सक्दा ठुलो जनसङ्ख्या रहेको भूमिका जनतालाई यहाँ भित्राउन सक्नु पर्छ । खप्तड आध्यात्मिक सम्मेलन सम्पन्न गरेका छौँ ’ उनले भने, ‘हामीले सुरुवात गरेका छौँ ।यसलाई निरन्तरता दिन आवश्यक रहेको छ । ’

पुस्तकका लेखक वेद उप्रेतीले १० वर्ष लगाएर तयार पुस्तक तयार गरिएको जानकारी दिएका थिए । पुस्तकका सुदूरपश्चिमको सम्भावना सचित्र वर्णन गरिएको उनले बताए  ।

पुस्तकमार्फत सुदूरपश्चिम समग्र विकासका लागि भावी योजना निर्माण, अध्ययन अनुसन्धान तथा भव्य सम्भावना बोकेको क्षेत्र हो भनेर चिनाउने प्रयास गरेको लेखक उप्रेतीको भनाइ छ ।

पुस्तकमा सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने सन्देश दिने तस्बिरसहितका विवरण प्रस्तुत गरिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस