गृहमन्त्री रवि लामिछानेलाई तुरुन्त हटाउन जनमोर्चाको माग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री रवि लामिछानेलाई तुरुन्त हटाउन जनमोर्चाको माग


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई तुरुन्त पदबाट हटाउन माग गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गरी लामिछाने गृहमन्त्री रहिरहँदा उनीसमेत आरोपित सहकारी ठगीको मुद्दा प्रभावित हुन सक्ने भन्दै तुरुन्त हटाउन माग गरेका हुन् ।

सूर्यदर्शन सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै प्रहरीमा सहकारीका पदाधिकारीसँगै रवि लामिछानेविरुद्ध पनि जाहेरी दिएका छन् ।

‘गृहमन्त्री लामिछाने मुछिएको मुद्दाको छानबिन तथा अनुसन्धान गर्ने मन्त्रालयको उनलाई मन्त्री बनाउँदा त्यो कार्यबाट मुद्दा प्रभावित हुने खतरा हुन्छ । त्यसबाट सहकारीका पीडित बचतकर्ताहरूलाई अन्याय हुन जानेछ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस