दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अवैध उत्खनन्‌को विरोध गर्दा क्रसर व्यवसायीबाट महतो मारिएको उनले बताएका छन् । पीडित परिवारले सरकारसँग न्याय मागिरहेको तर नपाएको भन्दै उनले के भएको हो त्यसबारे जवाफ दिन सरकारसँग माग गरेका छन् ।

घर नजिकको औरही खोलामा अवैध उत्खननको विरोध गर्दै आएका धनुषाको मिथिला नगरपालिका– ५ का महतोको ५ पुस २०७६ मा हत्या भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस